मंसिर ०७, २०८१, शुक्रबार
               

५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला १२ पुग्यो

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभर ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ पुगेकाे छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही गरी १२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । 

साथै आईसीयूमा उपचाररत संक्रमितको संख्या एक सय ३२ रहेको छ । भेण्टिलेटरमा उपचार भइरहेका विरामीको संख्या १६ रहेको छ । 

यसैगरि मुस्ताङ र हुम्लामा सक्रिय संक्रमित शून्य रहेको स्वासथ्य तथा मन्त्रालयले जनाएको छ ।

यो पनि