मंसिर ०७, २०८१, शुक्रबार
               

चितवनमा थप एक संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

चितवन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर–१० मा रहेको पुष्पाञ्जली अस्पतालमा उपचाररत ५१ वर्षीय पुरुषको आज (शुक्रबार) बिहान १० बजे मृत्यु भएको हो ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दीप पाण्डेकाअनुसार स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि आएका ती व्यक्तिमा गत भदौ ८ गते कोरोना पुष्टि भएको थियो । 

दमका समेत बिरामी रहेका उनको गम्भीर अवस्थामा अस्पतालकै आईसीयूमा राखेर उपचार भइरहेको बेला आज बिहान मृत्यु भएको पाण्डेले बताए ।

यसअघि आजै बिहान ६:५० बजे मकवानपुरको हेटौँडा नगरपालिका–१९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको थियो । 

ती महिलालाई निमोनिया र दमको उपचारका लागि भदौ ७ गते चितवन मेडिकल कलेजमा ल्याइएकोमा कारोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

मेडिकल कलेजको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवनमा यसअघि नै तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि