चितवन । चितवनमा एक कोराना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत ७१ वर्षीया महिलाको आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका-१९ की ती महिलालाई भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो ।
त्यसपछि उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
उनी दम र निमोनियाको समेत बिरामी रहेको बताइएको छ ।