बैशाख २७, २०८१, बिहीबार
               

नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणको स्वीकृति

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

कोरोनाविरुद्धका भ्याक्सिन नेपालमा  परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । 

कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएकाे हाे । 

चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको पाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले जनाकारी दिए । 

‘क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको छ । नेपाललमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ,’ उनले भने, ‘कम्पनीहरू इच्छुक देखिएका छन् । त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं ।’

यसअघि स्वास्थ्य मन्त्रालयले भ्याक्सिन विकास भएपछि छिटो ल्याउन पहल सुरु भइसकेको खुलासा गरेको थियो भने यस परीक्षणलाई नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन छिटो ल्याउने तयारीका रुपमा समेत हेरिएको छ ।

यो पनि