बैशाख २३, २०८१, आइतबार
               

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

रासस
बैशाख २०, २०७७

ADVERTISEMENT

खाँदबारी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय संखुवासभालाई पाँच लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५० र एन–९५ मास्क ५० थानका साथै क्लोरिन, पञ्जालगायतका छन् । उक्त किट पाँच लाख रुपैयाँ मूल्य बराबरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । उनले यसअघि पनि प्रदेश सरकारले आरडीटी टेष्ट गर्न २१० थान कीट उपलब्ध गराएको बताए । 

त्यस्तै, हेल्पिङ हेन्डस् सामुदायिक अस्पताल काठमाडौंका सञ्चालक डा. गुप्तबहादुर श्रेष्ठले विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । डा. श्रेष्ठले जिल्ला समन्वय समितिमार्फत अत्यावश्यक अक्सिजनलगायतका सामग्री उपलब्ध गराएका हुन् ।

स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिले सम्बन्धित स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको हो । डा. श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर, निबुलाइजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पीपीइ सेट, एन–९५ मास्कलगायत नौ प्रकारका सामग्री सहयोग गरेका छन् । उनले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब डेढ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेका हुन् ।

त्यस्तै, डा. श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले अस्पताल र स्वास्थ्य कार्यालयलाई पीपीइ सेट, स्यानिटाइजर, मास्कलगायतका सामग्री सहयोग गरेका छन् भने तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाइजर उपलब्ध गराएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि