जेठ ०६, २०८१, आइतबार
               

विदेशबाट आएका १८२ जना होम क्वारेन्टाइनमा

रासस
चैत १४, २०७६

ADVERTISEMENT

पर्वत  । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केका मध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ ।

जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । उनका अनुसार हालसम्म १८२ जना सम्पर्कमा आएका छन् ।

जिल्लाको महाशिला गाउँपालिकाबाट १५, विहादी गाउँपालिकामा  ३८, कुश्मा नगरपालिकामा ३९, मोदी गाउँपालिकामा १०,  जलजला गाउँपालिकामा २९ र फलेवास नगरपालिमा ६१ जना विदेशबाट फर्किएका भेटिएका हुन् ।

विदेशबाट फर्किएकामा अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने त्यसबाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी अरब, दुबई, ओमन र दक्षिण अफ्रिकाबाट आएका छन् ।

उनीहरु प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चै ठकुरीले जानकारी दिए ।

विदेशबाट फर्किएकामा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनीहरूलाई घरमै पुगेर सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि