बैशाख २२, २०८१, शनिबार
               

हालसम्म नेपालमा एकजनामा बाहेक अन्यमा कोरोना देखिएको छैन : प्रवक्ता स्वास्थ्य मन्त्रालय

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सरकारले नेपालमा कुनै पनि कोरोनाका बिरामी वा संक्रमित नलुकाइएको बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यस्तो बताएका हुन् । 
उनले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नपाइएको बताए । साथै उनले हालसम्म नेपालमा एकजनाबाहेक अन्यमा कोरोना नदेखिएको बताए । 

‘संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ,’ उनले भने, ‘त्यो क्षत्रबाट आउनेले अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ ।’

उनले अहिले सरकारले कोरानाका बिरामी नलुकाएको बताउँदै यो भाइरस लुकाउन नमिल्ने बताए । उनले काठमाडौमा हाल १५५ वटा आइसोलेसन, पाटन विज्ञान प्रतिष्ठान,  सशस्त्र प्रहरी अस्पताल तयारी अवस्थामा भएको जानकारी दिए ।साथै, ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको बताए ।

यो पनि