बैशाख २४, २०८१, सोमबार
               

खोप लगाएपछि डाक्टरहरूले भने – ‘कोरोनाको लडाइँमा नयाँ युग सुरु भयो’

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

शुभारम्भको क्रममा टेकु अस्पतालका रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) ‘कोभिसिल्ड’ लगाएका छन् । टेकु अस्पतालमा खोप शुभारम्भ कार्यक्रममा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।  खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले अब कोरोनाविरुद्भको लडाइँमा नयाँ युग सुरु भएको बताए । उनले बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु नपर्ने पनि बताए । 

‘बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु पर्दैन । खोपको एलर्जी भएका, गर्भवती र स्तनपान गराइरहेका, बालबालिकालगायतले यो खोप नलगाउँदा राम्रो हुन्छ’, उनले भने, ‘तर अन्यले तर्सनुपर्दैन । यो खोप  निकै प्रभावकारी भएकाले अब कोरोनाविरुद्भको लडाइँमा नयाँ युग सुरु भयो भन्ने लाग्छ ।’

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने छन् । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ । नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिएको हो । अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

यो पनि