बैशाख १५, २०८१, शनिबार
               

श्री एयरलाइन्समा पटकपटक समस्या

नेपाल फ्ल्यास
फागुन २५, २०७९

ADVERTISEMENT

नेपालको निजी क्षेत्रको हवाइजहाज कम्पनी श्री एयरलाइन्समा  पटकपटक समस्या देखिन थालेको छ ।

बिहीबार काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काउनु परेको थियो ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । धादिङको थाक्रे पुगेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्काइएको हो ।

जहाज समयमै अवतरण हुन पुग्यो र कुनै अप्रिय अवस्था भोग्नु परेन । जहाज अवतरणका लागि अन्य उडान समेत रोक्नु परेको थियो । सम्भावित दुर्घटनाप्रति सावधानी अपनाउँदै दमकल, एम्बुलेन्स तैनाथ गरिएको थियो ।

यसअघि पनि श्री एयरलाइन्समा यस खालका समस्या देखिँदै आएका थिए । 

गएको साउन १९ मा नेपालगन्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगन्ज विमानस्थलमै आपतकालीन अवतरण गर्नु परेको थियो ।

जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काउन परेको थियो ।

घटनाक्रमहरूबाट नेपालमा निजी क्षेत्रका जहाजमा प्राविधिक चेकजाँचमा समस्या उजागर भएको छ ।

थोरै जहाज भएको श्री एयरले धेरै ठाउँमा उडान भर्दा उसको नियमिततामै समस्या देखिएको छ । प्राविधिक रूपमा पनि श्री एयरलाइन्स कमजोर साबित भएको छ । 


कस्तो लाग्यो ?

यो पनि