बैशाख १६, २०८१, आइतबार
               

विश्वभरका १० देशमा मात्रै ६६ प्रतिशत कोरोना संक्रमित, ७६ प्रतिशतको मृत्यु

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिका, ब्राजिल, भारत र रुस सबैभन्दा बढी प्रभावित भएका छन् ।

विश्वभर कुल संक्रमितको २६ प्रतिशत संक्रमित अमेरिकामा मात्रै छन् । त्यसपछि ब्राजिलमा १४ प्रतिशत छन् । तेस्रोमा रहेको भारतमा ६ प्रतिशत संक्रमित छन् भने भारतभन्दा केही तल रहेको रुसमा संक्रमितको संख्या विश्वभरको कुल संक्रमितको ६ प्रतिशत रहेको छ ।

त्यसपछि पेरु, स्पेन, चिली, बेलायत, मेक्सिको र इटाली संक्रमणको आधारमा बढी प्रभावित छन् । यी देश देशमा ६६ प्रतिशत संक्रमित छन् भने बाँकी विश्वमा एक तिहाइमात्र संक्रमित रहेका छन् ।

हेर्नुस् सर्वाधिक संक्रमित १० देश

    देश संक्रमित
अमेरिका
USA
२९,८३,१४२
ब्राजिल
Brazil
१६,०४,५८५
भारत
India
६,९८,८१७
रुस
Russia
६,८७,८६२
पेरु
Peru
३,०२,७१८
स्पेन
Spain
२,९७,६२५
चिली
Chile
२,९५,५३२
बेलायत
UK
२,८५,४१६
मेक्सिको
Mexico
२,५६,८४८
१० इटाली
Italy
२,४१,६११

यता मृत्युको आधारमा पनि अमेरिका सबैभन्दा माथि छ । विश्वभरको कुल मृत्युको २५ प्रतिशतभन्दा बढी अमेरिकामा मात्रै भएको छ ।

बर्ल्डोमिटरका अनुसार दोस्रो बढी मानवीय क्षति व्यहोरेको ब्राजिलमा १२ प्रतिशतको मृत्यु भएको छ । त्यसपछि बेलायतमा ८ प्रतिशतको मृत्यु भएको छ । १० देशमा मात्रै ७६ प्रतिशतको मृत्यु भएको छ ।

हेर्नुस् सर्वाधिक मृत्यु भोगेका १० देश


कस्तो लाग्यो ?

यो पनि