बैशाख २४, २०८१, सोमबार
               

विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्यामा उल्लेख्य सुधार

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट विश्वभर निको हुनेको संख्यामा उल्लेख्य सुधार आउँदै गएको छ ।

नेपाल फ्ल्यासले १० लाखभन्दामाथि संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा हरेक १० दिनजसोमा केही न केही प्रतिशत निको हुनेको दर बढेको पाइएको हो ।

यो सामग्री तयार पार्दासम्म विश्वभरमा ४४ लाख २९ हजार ८१० जना संक्रमित भएकोमा १६ लाख ५९ हजार ७९१ जना निको भइसकेका छन् । यो ३७ दशमलब ४६ प्रतिशत हो । चैत २० गते निको हुने २० प्रतिशत थिए ।

गम्भीर प्रकृतिका विरामी पनि अहिले घट्दैगएका छन् । सुरुवातमा १० प्रतिशतसम्ममा गम्भीर समस्या देखिएकोमा अहिले त्यो २ प्रतिशतमा झरेको वर्ल्डोमिटरले जनाएको छ ।

मिति कुल संक्रमित निको निको प्रतिशतमा
जेठ १ ४४२९८१० १६५९७९१ ३७.४६
बैशाख २० ३४७७४८८ ११३०१८१ ३२.४९
बैशाख १० २६३७४३९ ७२२३२० २७.३८
बैशाख १ १९१९१७४ ४४४७७११ २३.१७
चैत २० १०२०९२० २१२२६४ २०.७९

कस्तो लाग्यो ?

यो पनि