बैशाख २५, २०८१, मंगलबार
               

लकडाउनमा पूर्व मुख्यमन्त्रीका छोराको भव्य रुपमा विवाह सम्पन्न

एजेन्सी
बैशाख ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । कोराना भाइरसले विश्वभरि नै महामारीको रुप लिइरहेको छ । विभिन्न देशमा लकडान गरिएको छ । 

मानिसहरुलाई घरबाट बाहिर निस्किन दिइएको छैन, बाहिर निस्किनेहरुलाई कडा भन्दा कडा कारबाही भइरहेको समाचार पनि आइरहेका छन् । 

यसैबीच, लकडाउनको बेला भारतको एक राज्यमा भव्य विवाह कार्यक्रम सम्पन्न भएको छ । त्यो पनि भिआइपी व्यक्तिको विवाह ।

पूरै भारतमा लकडाउन जारी रहेको बेला कर्नाटकका पूर्व मुख्यमन्त्री एचडी कुमारस्वामीका छोरा निखिल कुमारस्वामीको विवाह भएको हो । 

बेंगलुरु रामनगरमा निकै शाही तरिकाबाट विवाह सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस वैवाहिक कार्यक्रमलाई लिएर अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । 

एकातिर लकडाउनको अवधिभर सरकारले भिडभाडमा नजान आग्रह गरेको छ, भने अर्को तिर यस्तो अवस्थामा पनि भव्य रुपमा वैवाहिक कार्यक्रम आयोजना गरिएको छ । त्यो पूर्व मुख्यमन्त्रीकै परिवारमा ।

एचडी कुमारस्वामीका छोरा निखिल कांग्रेस सरकारमा मन्त्री हुन् । कृष्णप्पाका भतीजी रेवती सगँ उनको विववह भएको हो । 

रामनगरको एउटा फार्म हाउसमा विवाह र्कायक्रम आयोजना गरिएको थियो । मिडियालाई विवाहमा जान अनुमती दिएको थिएन । गेट बाहिर करीब ३०-४० वटा गाडि राखिएको थियो ।

स्थानीय प्रहरीका अनुसार, परिवार र अरु केही गाडीको रजिस्टेशन नम्वर लिएर ती गाडीलाई मात्र प्रवेश दिएको हो ।

लकडाउनमा केन्द्रसरकारको गाइडलाइन अनुसार कुनै किसिमको ठूलो र्कायक्रमको आयोजना नगर्न भनिएको थियो । 

तर, एचडी कुमारस्वामीसगँ विवहाका बारेमा प्रश्न गर्दा आफूहरुले अनुमति लिएर र चिकित्सकसगँ समेत सल्लाह गरेर निर्णय लिएको बताए ।

विवाहमा ७० देखि १०० जना सम्मलाई आउन अनुमति दिइएको थियो ।

कर्नाटकमा शुक्रबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ३०० पुगेको छ । यहाँ १३ जनाको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि