बैशाख २४, २०८१, सोमबार
               

विश्वका सम्पन्न १० मुलुकमा मात्रै ९० प्रतिशत मानवीय क्षति

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर सताइरहँदा शक्तिशाली १० देश जसलाई सबैभन्दा बढी प्रभाव परेको छ ।

यो सामग्री तयार पार्दासम्म विश्वका १० देश एकातिर र बाँकी अर्कातिर राख्दा १० देशको मानवीय क्षति करिव ९० प्रतिशत देखिएको छ ।

नेपाल फ्ल्यासले विश्वभर मृत्युको कुल संख्या ८३ हजार ६०७ हुँदा गरेको विश्लेषणबाट इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत, इरान, चीन, नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीको मात्रै ७५ हजार १२ जनाको मृत्यु भइसकेको छ । यो कुल मृत्युको करिव ९० प्रतिशत हुन आउँछ । बाँकी विश्वमा कुल मृत्यु संख्या ८ हजार ५९५ जना रहेको छ । जुन १० प्रतिशतको हाराहारी हुन आउँछ ।

अहिलेसम्म सबैभन्दा बढी मृत्यु इटालीमा १७ हजार १२७ जनाको भइसकेको छ । यो विश्वभरको कुल मृत्युको २१ प्रतिशत हुन आउँछ ।

दोस्रो बढी मृत्यु हुने स्पेनमा १४ हजार ५५५ जनाले मृत्युवरण गरिसकेका छन् । यो कुल मृत्युको १७ प्रतिशत हुन आउँछ ।

त्यसैगरी अमेरिकामा १५ प्रतिशतको मृत्यु भएको छ । त्यहाँ १२ हजार ९३३ जनाको ज्यान गइसकेको छ । फ्रान्समा १० हजार ३२८ अर्थात् १२ प्रतिशतको मृत्यु भएको छ ।

त्यस्तै बेलायत ६ हजार १५९ (७ प्रतिशत), इरान ३ हजार ९९३ (५ प्रतिशत), चीन ३ हजार ३३३ (४ प्रतिशत), नेदरल्यान्ड्स २ हजार २४८ (३ प्रतिशत), बेल्जियम २ हजार २४० (३ प्रतिशत) र जर्मनी २ हजार ९६ जना अर्थात् ३ प्रतिशतको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि