बैशाख २३, २०८१, आइतबार
               

कोरोना भाइरसबाट वरिष्ठ स्वास्थ्य अधिकारी कै निधन
संक्रमित ४४ हजारमाथि गरिएको अनुसन्धानको  के आयो रिर्पाेट ?

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीसीडीसी) ले यो रिपोर्ट जारी गरेको छ । रिपोर्ट अनुसार ८० प्रतिशत बढी घटना सामान्य छन् ।

आँकडाका अनुसार रोगी र वृद्ध–वृद्धा यो भाइरसको संक्रमणमा आउने सबैभन्दा धेरै खतरा छ । रिपोर्टमा पाइएअनुसार मुटु रोगी, मधुमेह रोगी, सास फेर्न समस्या भएकाहरु र हाइपरटेन्सनका बिरामीहरुमा यो भाइरस फैलने अत्यधिक खतरा छ । रिपोर्टले अहिलेसम्म ३ हजार १९ स्वास्थ्यकर्मी यसको शिकार भएका छन् ।

 स्वास्थ्यकर्मीलाई नै  अत्यधिक खतरा
अनुसन्धानबाट पत्ता लागेअनुसार यसको उपचार गरिरहेका डाक्टर र स्वास्थ्यकर्मीलाई पनि अत्यधिक खतरा छ । चीनको बुहानको एक अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । ५१ वर्षीय ली जिन्मिङ ऊहान शहरमा रहेको वुचाङ्ग अस्पतालका निर्देशक थिए । जिन्मिङ यो भाइरसका कारण ज्यान गुमाउने वरिष्ठ स्वास्थ्य अधिकारीमध्ये एक हुन् । हुबेई सबैभन्दा धेरै प्रभावित भएको प्रान्त हो र ऊहान शहर यसै प्रान्तमा छ ।

सिसिडीको रिपोर्ट अनुसार हुबेई प्रान्तमा मृत्यु दर २.९ प्रतिशत छ जबकि पूरा चीनमा मृत्यु दर ०.४ प्रतिशत छ । अनुसन्धानमा पत्ता लागे अनुसार कोरोना भाइरस वा कोभिड– १९ बाट मृत्यु हुनेको दर २.३ प्रतिशत छ । मंगलबार जारी गरिएको यो रिपोर्ट अनुसार कोरोना भाइरसले अहिलेसम्म २ बजार बढीको मृत्यु भइसकेको छ  ।  ७२ हजार ४ सय ३६ यसबाट संक्रमित छन् । चिनियाँ अधिकारीका अनुसार १२ हजार बढी पीडितलाई अहिलेसम्म बचाइएको छ ।

रिर्पाेटमा भविष्यबारे के छ ?
रिपोर्ट अनुसार कोरोना भाइरस सबैभन्दा धेरै २३–२६ जनवरीको बीचमा फैलियो तर त्यसपछि यसमा क्रमशः कमी आउन थाल्यो । रिपोर्टका अनुसार भाइरसको प्रभावमा कमी आउनुको अर्थ पूरा शहरलाई अलग्ग्याउने, विभिन्न च्यानलमा यो भाइरस बारे प्रचार प्रसार गर्ने र शीघ्र कारवाहीको असर परिरहेको छ । अनुसन्धानकर्ताहरुले तीब्र रुपमा फैलनबाट रोक्नका लागि तयारी गर्नुपर्ने चेतावनी पनि दिएका छन् 

विश्वभर अझै फैलने खतरा कस्तो छ ?
चीनबाट निस्किएर यो भाइरस अन्य देशमा पनि फैलिसकेको छ । कम्तीमा दुई क्रुजमा यात्रा गरिरहेका व्यक्तिहरु यसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । जापानको योकोहामा बन्दरगाहमा डायमन्ड प्रिन्सेस नामको एउटा क्रुजलाई तीन फेब्रुअरीबाट अलग राखिएको छ । क्रुजमा सवार हङ्गकङ्गका एक व्यक्तिमा यो भाइरस देखिएपछि यस्तो गरिएको थियो ।

यो क्रुजमा करिब ३७ सय व्यक्ति छन् जसमध्ये ४ सय ५० बढी यो भाइरसबाट ग्रसित छन् । मंगलबार दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई बाहिर निकाल्ने निर्णय ग¥यो । यसअघि क्यानडा, अष्ट्रेलिया, ब्रिटेन, इजराइल र हङ्गकङ्गले आफ्ना नागरिकलाई  त्यहाँबाट बाहिर निकालिसकेको छ ।

बीबीसीबाट
 


कस्तो लाग्यो ?

यो पनि