बैशाख १४, २०८१, शुक्रबार
               

सिद्धबाबामा पूजा गर्दै राष्ट्रपति

नेपाल फ्ल्यास
पुस ०७, २०७९

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। 

रुपन्देही उद्योग संघले बुटवलमा गर्ने १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनपछि राष्ट्रपति भण्डारीले रुपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। 

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम तय भएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले जानकारी दिए। राष्ट्रपति भण्डारी आउने भएपछि मन्दिरमा स्वागतका लागि आवश्यक तयारी पूरा भएको उनले बताए। राष्ट्रपति भण्डारीले आज बिहीबार अपराह्न मन्दिरमा पुग्ने जनाइएको छ।

सिद्धार्थ राजमार्गको छेउमै अवस्थित यो मन्दिरमा प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ। यस मन्दिर परिसरमा शिवजीको मूल मन्दिर, गणेश, नाग, मनसादेवी, विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धुनी समेत रहेको छ।

यो पनि