बैशाख १५, २०८१, शनिबार
               

धर्मान्तरणको डरलाग्दो धन्दा, रोक्न माग

नेपाल फ्ल्यास
असोज २०, २०८०

ADVERTISEMENT

नेपालमा प्रलोभनमा पारेर धर्मान्तरण बढिरहेको र यसको धन्दा नै चलेको खुलेको छ ।
पत्रकार मोहन श्रेष्ठद्वारा लिखित पुस्तक धर्मान्तरणको धन्दाको पुस्तकले यस्तो खुलासा गरेको हो । उक्त पुस्तकको संस्कृतिविद् डा. जगमान गुरुङले शनिबार राजधानीमा विमोचन गरेका छन् ।

पत्रकार श्रेष्ठले १० वर्ष लामो गहिरो अनुसन्धानपश्चात् नेपालमा धर्मान्तरणको धन्दा कसरी चलिरहेको छ भन्नेबारे खुलासा गरेका हुन् । पुस्तकमा देशका विभिन्न भागमा भइरहेको धर्मान्तरणको स्थलगत अध्ययन समेत गरिएको छ ।

पुस्तकमा विभिन्न दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखका लगायतका नेताहरू धर्मान्तरणलाई सघाउन सक्रिय भएको खुलासा गरिएको छ । कतिपय अभियन्ताहरू समेत धर्मान्तरणको धन्दामा लागेको उल्लेख छ । आइएनजीओ र एनजीओमार्फत धर्म परिवर्तन गराउने काम भइरहेको पुस्तकमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरुङले धर्म जोगाउन नसक्ने समाजको अस्तित्व नरहने बताए । उनले पुस्तकले धर्मान्तरणमा पैसाको खेल भइरहेको खुलासा तथ्यसहित गरेकोमा प्रशंसा गरे ।

हिन्दु स्वयंसेवक संघका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिमल्सिनाले धर्मान्तरणलाई रोक्न हिन्दुहरू एक हुन आवश्यक रहेको बताए । हिन्दु धर्ममाथि आक्रमण भए समस्त हिन्दुहरू एकजुट भएर डट्न उनले आग्रह गरे ।

कार्यक्रममा कलाकार निखिल श्रेष्ठले पूर्वीय दर्शनभन्दा माथि कुनै दर्शन नभएको उदाहरणहरू पेश गरेका थिए ।

पुस्तकका प्रकाशक सन्तोष आचार्यले धर्मान्तरणको धन्दामा योजनाबद्ध तरिकाले गतिविधिहरू भइरहेको बताए । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर धर्मान्तरणको गतिविधिबारे खुलासा गरे ।

लेखक मोहन श्रेष्ठले पुस्तक गहिरो अनुसन्धानबाट तयार भएकाले सबैको सुझाव र सल्लाहको आशा राखेको बताए ।

यो पनि