बैशाख ०७, २०८१, शुक्रबार
               

विश्व हिन्दु महासंघमा अस्मितालाई फेरि बैधानिकता, चक्रबन्धुहरूलाई अनधिकृत गतिविधि गर्न रोक

नेपाल फ्ल्यास
बैशाख २९, २०८०

ADVERTISEMENT

विश्व हिन्दु महासंघको नामबाट पूर्व सचिव चक्रबन्धु अर्याल र शास्त्रदत्त पन्तलगायतका गतिविधिलाई अनधिकृत र गैरकानुनी भन्दै अदालतले रोक लगाएको छ ।

उच्च अदालत पाटनले बुधबार अर्याल र पन्तलगायतलाई महासंघको नाममा कुनै भेला र गतिविधि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । आदेशको लिखितप्रति आज बिहीबार आएको हो ।

अर्यालले महासंघको निमित्त अध्यक्ष र पन्तले निर्वाचन संयोजक भन्दै वैशाख २१ मा निर्वाचन अधिवेशन बोलाएपछि कार्यवाहक अध्यक्ष भण्डारीले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उच्च अदालतले तत्कालका लागि निर्वाचन अधिवेशन रोक्न भन्दै वैशाख १९ मै अन्तरकालीन अन्तरिम आदेश दिँदै २७ गते बुधबार छलफलका बोलाएको थियो ।

विश्व हिन्दु महासंघको १०औँ महासभाले २०७८ मंसिरमा अस्मिता भण्डारी (टीकादेवी) कार्यवाहक अध्यक्षको दिएकोलाई २०७९ सालमै वैधानिकता दिइसकेको सन्दर्भ उठाउँदै अर्याल र पन्तलगायतलाई अनधिकृत र गैरकानुनी काम नगर्न दिएको आदेशलाई निरन्तरता दिएको हो ।

आदेशसँग अस्मिता भण्डारी कार्यवाहक अध्यक्ष भएको महासंघलाई भावी कार्य सञ्चालन गर्न थप सजिलो भएको छ ।

अदालतको आदेशपछि अध्यक्ष भण्डारीले अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग सहकार्य गरेर महासंघको महासभा बोलाउने तयारीमा लागेको बताइन् ।

यो पनि