बैशाख १३, २०८१, बिहीबार
               

पूर्वराजा शाहले गरे हरिद्वारमा पूजा

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा सो धार्मिकस्थल पुगेका उनलाई हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारण साथ भव्य स्वागत गरिएको छ। 

सो पश्चात् उनले लगभग ४५ मिनेट पूजाअर्चना गरे ।पूजाअर्चनाअघि पूर्वराजाले नेपाली र नेपाली सञ्चारमाध्यमसँग कुराकानी गरेका थिए । 

अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महंत नरेन्द्र गिरी एवं  मनसादेवी मन्दिर ट्रस्टका  अध्यक्ष श्री महंत रवीन्द्र पुरीलगायत साधुले उनलाई स्वागत गर्दै आशीर्वाद दिनेछन् ।

ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनी आज र भोलि हरिद्वारमै रहने कार्यक्रम छ । आज साँझ उनको दश हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।

यो पनि