बैशाख १७, २०८१, सोमबार
               

दिदीबहिनी नभएकाहरु मास्क लगाएर टीका लगाउन बालगोपालेश्वर मन्दिरमा

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । ०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा आज बिहानैदेखि भाइटीका सुरु भएको छ ।

भूकम्पका कारण क्षति पुगेको सो मन्दिरको पुनर्निर्माण सकिएसँगै विगतमा टीका लगाउनबाट वञ्जिचत भएकाहरु सो मन्दिरमा टीका लगाउनका लागि गएका हुन् । आज दिदीबहीनीहरु नहुनेहरुले यहाँ आइ टीका लगाउने परम्परा छ । 

कोभिड-१९ का कारण वर्षमा एकदिनमात्रै खुल्ने सो मन्दिरमा आजकै दिन दाजुभाइ तथा दिदीबहिनीको नायाँ नाता बनाएकाहरुमा जति आत्मियता देखिनुपर्ने थियो त्यति देखिएन । टीका लगाउन गएकाहरु र टीका लगाइदिनेहरुले मास्क र सामाजिक दूरी कायम गर्नाले त्यति सहजता महसुस नभएभझै देखिन्छ । 

कोरोना महामारीका कारण टीका लगाइदिने र लगाइमाग्नेहरु प्राय: सबै मास्कमा देखिन्थे । कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको  छ । भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक परिचालित छन् ।

यो पनि