बैशाख २१, २०८१, शुक्रबार
               

यस्तो छ, दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला र ढाकाटोपीको महत्त्व

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालीहरुको महान चाँड तिहारको (यमपञ्चक )को अन्तिम दिन भाइटीका लगाएर मनाइँदै छ । कोभिड-१९ का कारण यस वर्षको तिहार विगतका वर्षहरुझै देउसी भैलीलगायत औपचारिक कुनै सांस्कृतिक कार्यक्रम हुन नसके परिवारभित्रै एक/ आपसमा रमाइलो गरी यतिखेर मनाइरहिएको छ । 

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वासका साथ यो पर्व परापूर्वककालदेखि मनाइँदै आइएको छ ।आज यो पर्वमा दिदीबहिनीले दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गरी आफ्ना दाजुभाइलाई यश, आरोग्य, दीर्घायुको कामना गर्दैछन् ।

यमराजको पूजापश्चात् दिदीबहिनी र दाजुभाइले एकआपसमा निधारमा सप्तरङ्गी टीका लगाउँछन् । जसमा सप्तरङ्गी टीकामा भावना मिसिएको हुन्छ । त्यसैगरी, टीकापश्चात दिदीबहीनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला र ढाका टोपी  लगादिन्छन् । यसरी लगाइएको  मखमली र सयपत्री मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै  नओइलाउने र सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने ढाकाटोपीले दाजुभाइको आयु बढाउने विश्वास छ । त्यसमा पनि ढाका टोपी नेपाली राष्ट्रिय ढाका टोपी हो । 

टीका लगाइदिएपछि आफ्ना दाजुभाइ तथा दिदीबहीनीले एकआपसमा कटुस र ओखरको दिउल एकअर्कालाई खान दिइ सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना एकअर्कामा साटासाट गर्छन् । 

आजकै दिन दिदीबहिनीहरुलेले आफ्ना दाजुभाइको सुख, शान्ति र समृद्धि तथा आयुको कामनाका लागि बिहानै नुहाएर अष्टचिरञ्जीवीको (यमराज, हनुमान्, विभीषण, परशुराम) को पूजा गर्छन्/ गर्दैछन् ।  

भाइटीका लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने र चिसोपन हटाई मिलन गराइ सम्बन्धलाई अझ दिगो बनाउने माध्यमको रुपमा स्थापित हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि