बैशाख २२, २०८१, शनिबार
               

भाइटीका लगाउन अशुभ रहेको भन्ने अफवाहका पछि नलाग्न आग्रह

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं  । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ मा परेको भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको भन्दै यस्तो आग्रह गरेका हुन् । 

मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ मा परेका कारण मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाले अन्योल सिर्जना हुँदै आएको थियो । 

‘पहिलो कुरा त शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय गरेको छैन’ ढुंगेलले अनलाइनखबरसँग भने ‘हामीले मनाउने पर्व चान्द्रमासअनुसार तय हुन्छ र मंसिर एक गतेपनि चान्द्र मास अनुसार कात्तिक महिना नै पर्ने भएकोले त्यो तर्कमा कुनै सत्यता छैन ।’


कस्तो लाग्यो ?

यो पनि