बैशाख १६, २०८१, आइतबार
               

मदन पुरस्कार विजेता रेवतीरमण खनालको निधन

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  मदन पुरस्कारसमेत प्राप्त तत्कालीन राजप्रासाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ । ८८ वर्षको उमेरमा मंगलबार काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको हो । 

कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनाल मधुमेह र दमका बिरामी थिए । उनको निधन उपचारका क्रममा भएको बताइन्छ । मदन पुरस्कारसमेत प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गरेका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा खनालको अन्त्येष्टि गरिनेछ ।

यो पनि