चैत १५, २०८०, बिहीबार
               

कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृशोक

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो ।

सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि