बैशाख १५, २०८१, शनिबार
               

एक भागवत् र एक गीतामा सहमति
‘एक भगवत् गीता’ को शीर्षक फेरियो

नेपाल फ्ल्यास
भदौ २५, २०८०

ADVERTISEMENT

काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक फेरेर प्रदर्शन गर्नेमा सहमति जुटेको छ ।

हिजो चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता  (सामाजिक कथा)  नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नहुने पनि उल्लेख गरिएको छ । 

यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्षबीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताए ।  

हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो बोर्ड अध्यक्ष केसीले भने ।

निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिए । उनले भने, सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पुर्‍याएको छैन ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि