बैशाख १३, २०८१, बिहीबार
               

डीपी दाहालको 'मेरो देश नहारोस्'को भिडियो रिलिज

नेपाल फ्ल्यास
पुस १६, २०७९

ADVERTISEMENT

राष्ट्रवादी भावनाले ओतप्रोत भएको गीत 'मेरो देश नहारोस्'को म्युजिक भिडियो सार्वजनिक भएको छ । डिलाइटेड नेपाल युट्युब च्यानलमार्फत देशभक्तिपूर्ण गीतको भिडियो सार्वजनिक भएको हो ।

देशभक्तिपूर्ण गीतहरूको लहरमा थपिएको नयाँ गीत भित्र म हारे पनि मेरो देश नहारोस् भन्दै गायक स्वरूपराज आचार्य, संगीतकार पुष्कर सुनुवार र गीतकार डीपी दाहाल परिश्रमी सहकार्य रहेको छ। देशको परिचय बोकेको यस गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई विशेष ग्राह्यता दिइएको छ ।यस गीतको प्रस्तुतिकर्ता रिता सिम्खडा दाहाल हुनुहुन्छ ।

यो गीत मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।। डिलाइटेड म्युजिक इन्ड्रस्ट्रिज प्रालिले उत्पादन तथा वितरण गरेको यो गीत प्रकृतिप्रेमी, नेपाली कला र संस्कृति, भाइचारा बोकेको मिठो सृजना बनेको छ ।  भिडियो सम्पादन मोहन सुनुवार, छायांकन केशव विश्वकर्मा, एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ पुष्कर सुनुवारको रहेको छ । व्यक्ति हार्न सक्छ तर देश हार्नु हुँदैन भन्ने सन्देश गीतले दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि