बैशाख ०७, २०८१, शुक्रबार
               

पल शाह रिहा

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

एक वर्षपछि जेल परेर अभिनेता पल शाह रिहा भएका छन् । 

उच्च अदालत पोखराको फैसलाअनुसार उनी आज सोमबार रिहा भएका हुन् । 

पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय नभ्याएर प्रक्रिया पूरा गर्न नपाउँदा उनी छुटेका थिइनन् ।

रिहा भएपछि उनी काठमाडौँ आउने बताइएको छ । एक गायिकालाई  सुटिङका क्रममा बलात्कार गरेको आरोप पलमाथि लागिको थियो ।२०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर  प्रहरीमा ती गायिकाले उजुरी दिएकी थिइन् ।  

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।


कस्तो लाग्यो ?

यो पनि