बैशाख १५, २०८१, शनिबार
               

हृदय र नागरिकता दुवै हिन्दुस्तानी: अक्षय कुमार
अक्षय कुमारले पाए भारतीय नागरिकता

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । चर्चित भारतीय अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गरेका छन् । 

अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।’अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि