बैशाख २३, २०८१, आइतबार
               

अभिनेत्री मीनु मुमताजको निधन

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री मीनू मुमताजको ७९ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । उनका भाई अनवर अलीले उनको निधनको पुष्टि गरेका छन् ।

मीनू बलिउडको दिग्गज कलाकार एवं कमेडियन महमूदकी बहिनी थिइन् । २६ अप्रिल १९४२ मा मीनूको जन्म भएको थियो । उनले बाल्यकालदेखि नै नृत्यको तालिम लिएकी थिइन् । महमूदको पुरा परिवार नै फिल्म लाइनसँग जोडिएकाले उनी पनि फिल्ममा आएकी थिइन् ।

उनलाई देविका रानीले फिल्ममा ब्रेक दिएकी थिइन् । देविकाले मीनूलाई बाम्बे टाकिजमा नर्तकीका रुपमा राखेकी थिइन् । उनले फिल्म ‘घर घर में दिवाली’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म सन् १९५५ मा रिलिज भएको थियो । फिल्ममा उनले गाउँमा बस्ने एक नर्तकीको भूमिका निर्वाह गरेकी थिइन् । तर यो फिल्मबाट उनले खासै सफलता पाउन सकिनन् ।

फिल्म ‘सखी हातिम’बाट उनले सफलता पाइन् । यसमा उनले जलपरीको भूमिका निभाएकी थिइन् । सन् १९५८ मा रिलिज फिल्म ‘हावडा ब्रिज’मा साखे भाइ महमूदसँग रोमान्स गरेकी थिइन् । भाइसँग रोमान्स गरेको देखेर दर्शकहरु निकै भड्किएका थिए ।

मीनूको जोडी सबैभन्दा बढी कमेडियन जोनी वाकरसँग जमेको थियो । दुवैले कैयौं फिल्ममा सँगै काम गरेका थिए । उनले कमेडी र सहायक चरित्रबाट निकै लोकप्रियता पाइन् ।

उनले सन् १९६३ मा निर्देशक सैयद अली अकबरसँग विवाह गरेकी थिइन् । उनको स्वास्थ्य बिग्रिएपछि चिकित्सकले उनलाई ट्युमर भएको बताएका थिए । तर अपरेसनपछि उनी स्वस्थ भइन् । त्यसपछि उनी क्यानाडामा नै बस्न थालिन् ।


कस्तो लाग्यो ?

यो पनि