बैशाख २१, २०८१, शुक्रबार
               

‘खोजीरहेछ देशले एक युग नायक’ म्युजिक भिडियो सार्वजनिक

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । ‘खोजिरहेछ देशले एक युग नायक’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको छ ।

डा. नवीन अधिकारी ‘टाकिन्द्र’ले लेखेको गीतमा सन्तोष श्रेष्ठको स्वर र संगीत छ । भिडियो छायांकनको निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् । गीतमा युवराज दाहाल लगायतको अभिनय छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गोल्डेन क्रियसन युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो ।

२००७ सालदेखि गणतन्त्र स्थापना हुँदासम्म भएका ठूला राजनीतिक परिवर्तन भए पनि जनताले सुखानुभूति गर्न नसकेको सन्दर्भमा देश समृद्ध बनाउने नायक आवश्यक रहेको भाव गीतमा छ ।

 


कस्तो लाग्यो ?

यो पनि