बैशाख ०७, २०८१, शुक्रबार
               

मराठी नायिका ईश्वरीको कार दुर्घटनामा निधन

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको कपहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो ।

२५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिए । कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ ।

सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो । रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो ।

ईश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइन् । मराठी फिल्मको सुटिङ लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो ।


कस्तो लाग्यो ?

यो पनि