बैशाख २३, २०८१, आइतबार
               

कोरोनाबाट हास्य कलाकार शम्भु थापा ‘बखते’ को मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हास्य कलाकार शम्भु थापा ‘बखते’को मृत्यु भएको छ ।

कोरोना संक्रमण भएका उनको शनिबार (आज) बिहान ४ः४० बजे पाटन अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमित भएपछि ६४ वर्षीय थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको बताइएको छ ।

मृतक थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सैमा अभिनय गरेका छन् ।

उनलाई धेरै कलाकारहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली पनि दिइरहेका छन् । 

यो पनि