बैशाख २१, २०८१, शुक्रबार
               

चलचित्रकर्मीले लगाए भेरोसेल खोपको पहिलो मात्रा

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

काठमाडौं । फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको भेरोसेल खोप दिइएको छ ।

चलचित्र विकास बोर्डको समन्वय तथा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्यकार संघ, सांगीतिक संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, नृत्य निर्देशक संघ नेपाललगायतका फिल्म क्षेत्रसँग सम्बद्ध पेसागत वर्गीय संघ-संस्थाको साथ र सहयोगमा नेपाल चलचित्र कलाकार संघको आयोजनामा फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको खोप दिइएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी गराए ।

१५ सय २६ जना फिल्मकर्मीलाई ललितपुरको पाटनस्थित अशोक पार्टी प्यालेसमा प्राथमिकताका साथ कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाइएको हो । खोप कार्यक्रममा फिल्मकर्मीमा उत्साह थप्न ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलालगायत खोप केन्द्रमा पुगेका थिए ।

सो अवसरमा फिल्म क्षेत्रका अभिनेता अभिनेत्री, छायांकार लगायतका प्राविधिक, नृत्य कलाकार, नृत्य निर्देशक, द्वन्द्व कलाकार, द्वन्द्व निर्देशक, सिनेमा घरका प्राविधिक, सिनेमा घर सञ्चालक, निर्माता, वितरक, गायक-गायिका, संगीतकारलगायतले कोभिडविरुद्धको खोप लगाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि