बैशाख २४, २०८१, सोमबार
               

कलाकारले अर्थमन्त्रीसँग मागे बजेट र खोप

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

नेपाल चलचित्र कलाकार संघले सरकारसँग चलचित्रकर्मीका लागि खोप र चलचित्र कलाकार संघको भवन निर्माणका लागि बजेटको माग गरेका छन् । शुक्रबार कलाकार संघको पदाधिकारी सहितको एक टोलीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालय सिंहदरबारमा भेट गर्दै सो माग गरेको हो ।

बधाई तथा शुभकामना दिने उदेश्यले मन्त्रालय पुगेको कलाकार टोलीले मन्त्री शर्मालाई कला क्षेत्रको विभिन्न विषयमा समेत जानकारी गराएका थिए । उक्त अवसरमा कलाकारको मागको बिषयमा आफू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने मन्त्री शर्माले बताएका थिए ।

कलाकारको टोलीमा सदाबहार अभिनेता भुवन केसी, धिरेन शाक्य, निर्माता कलाकार गोविन्द शाही, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपध्यक्ष तथा प्रवक्ता मोहन निरौला लगायतको सहभागिता रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि