बैशाख २४, २०८१, सोमबार
               

कर छलेको आरोपमा दक्षिण भारतीय अभिनेतालाई जरिवाना

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एक लाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो ।

२०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका दायर गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए । अदालतले उक्त याचिका खारेज गर्दै कर नतिरेको आरोपमा एकलाख रुपैया जरिवाना समेत गरेको हो ।

अभिनेताले कमर्शियल कर विभागले लगाएको करको विरुद्ध  अदालतमा अपिल गरेका थिए । अव त्यो पैसा कोरोनासँग लड्न तमिलनाडु मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

अदालतले विजयको याचिका खारेज गर्दै भनेको छ, ‘हिरोका लाखौँ फ्यान छन् । फ्यान स्टारलाई असली हिरोको रुपमा हेर्छन् । तमिलनाडुमा फिल्म स्टार राज्य चलाउने भइसके । उनीबाट रील हिरोको मात्र आस गरिएको छैन । ट्याक्सको चोरी असंवैधानिक हो ।’


कस्तो लाग्यो ?

यो पनि