बैशाख २४, २०८१, सोमबार
               

'सैइया सुपरस्टार' भन्दै नाचिन् बेहुली : यस्तो छ भाइरल भिडियो

एजेन्सी
असार २५, २०७८

ADVERTISEMENT

विवाहको सिजनमा भारतमा अलग्गै रौनक देखिन्छ । कोरोनाका कारण अहिले विवाहमा सबैले सहभागिता जनाउन पाउँदैनन् । तर, आजकल बिहेमा जान नपाएकाहरू अनलाइनबाटै भिडियो हेरेर रमाउँछन् वा सामाजिक सञ्जालमा यस्ता भिडियोहरू भाइरल हुन्छन् । 
बेहुलीले सन्नी लियोनीको ‘मेरे सइयां सुपरस्टार’ बोलको गीत कम्मर मर्काउँदै नाचेको एउटा यस्तै भिडियो अहिले भाइरल भइरहेको छ । 

यो भिडियो गत वर्ष डिसेम्बरको हो । तर,अहिले फेरि भाइरल बनेको छ । यस मिडियोमा मराठी बेहुली निकै बिन्दास अन्दाजमा नाचेको देखिन्छिन् । मानिसहरूले बेहुलीको डान्सको निकै प्रशंसा गरेका छन् । बेहुलीको डान्स देखेर जन्तीसँगै बेहुला पनि दङ्ग परेका छन् । कालो चस्मा लगाएर बेहुलीले मज्जाको स्टेपमा डान्स गर्दा उपस्थित भएकाहरू हेरेको हे-यैं भएका छन् । अनि, मानिसहरू यो भिडियो खिच्न व्यस्त छन् । 

 


कस्तो लाग्यो ?

यो पनि