बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका प्रेमपत्र लिलामीमा

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

अमेरिकका ३५ औँ राष्ट्रपति जोन एफ केनेडीले लेखेका प्रेम पत्र लिलामीमा राखिएको छ । राष्ट्रपतिले आफ्नी स्विडिस प्रेमिकालाई लेखेका प्रेमपत्र लिलामीमा राखिएको हो।

लिलामीमा राखिएका प्रेमपत्रहरु केनेडीले राष्ट्रपति हुनुपूर्व अर्थात् सन् १९५५ देखि १९५६ को बीचमा लेखेका थिए ।

केनेडीले स्विडेनकी गुनिला भोन पोष्टलाई लेखेका घनिष्ठ प्रेमपत्रहरु बोस्टनस्थित एक लिलामी घरमा बिक्रीका लागि राखिएको जनाइएको छ। उनले लेखेका आठ वटा प्रेमपत्रमध्ये एउटा पूर्ण पत्र र दुईवटा छोटा सन्देश रहेका छन् । भोन पोष्टबाट प्राप्त ती प्रेमपत्र ३० हजार अमेरिकी डलर (३५ लाख ४० हजार) मा बिक्री हुने अपेक्षा गरिएको छ ।

म्यासाचुसेट्सको सिनेटर हुने बेलामा लेखिएका ती प्रेमपत्रमा उनले भोन पोष्टसँग बिताएको क्षणलाई ‘मेरो जीवनको उज्यालो सम्झना’ भनेर उल्लेख गरेका छन् ।

सन् १९५३ मा ज्याक्वेलिन बुभिएरसँग विवाह हुनु केही हप्ताअघि भोन पोष्टसँग केनेडीको भेट भएको थियो । सन् १९६३ मा उनको हत्या भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि