बैशाख १४, २०८१, शुक्रबार
               

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौं ।वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

८४ वर्षीय प्रधान छातीमा समस्या देखिएपछि केही दिनअघि उनी अस्पतालमा भर्ना भएका थिए ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।


कस्तो लाग्यो ?

यो पनि