बैशाख १४, २०८१, शुक्रबार
               

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पूरै सदस्यमा कोरोना पुष्टि भएको छ । 

कलाकार श्रेष्ठले फेसबुक पेजमा लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचैजनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले संक्रमण भइसकेपछि निकै सास्ती हुने भन्दै खेलाँची नगर्न अपिल पनि गरेका छन्। ‘मलगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचैजनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसकेपछि सास्ती चाहिँ हुने रहेछ।’ उनले लेखेका छन्, 'त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला ।’

यो पनि