बैशाख १५, २०८१, शनिबार
               

शीर्षस्थानको एट्लेटिको पराजित

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ ।

घरेलु मैदानमा सेभियाको जितमा मार्काेस एकुन्नाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ७०औं मिनेटमा सेभियाले मार्काेस एकुनाको गोलबाट १–० को अग्रता लियो । सुसोले दुई डिफेन्डरलाई बिट गर्दै दिएको पासमा जेसस नाभासले दिएको क्रसलाई अनमार्क रहेका एकुनाको पावरफुल हेडरले जाली चुमेको थियो ।

एट्लेटिकोको हारको फाइदा रियल म्याड्रिड र बार्सिलोनालाई पुगेको छ । एट्लेटिकोले शीर्षस्थानमा ३ अंकको मात्रै अग्रता लिएको छ ।

यो हारपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको रियलको ६३ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ ।


कस्तो लाग्यो ?

यो पनि