बैशाख २१, २०८१, शुक्रबार
               

भागिरथीको पक्षमा न्याय माग्दै कलाकार

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षे किशोरी भागिरथी भट्टको न्यायको लागि विभिन्न ठाउँबाट आवाज उठिरहेका बेला केही कलाकारहरु पनि यसमा जुटेका छन् । सडकदेखि सामाजिक सञ्जालमा भट्टको न्यायको लागि आवाज उठेको छ। काठमाडौंलगायत देशका विभिन्न ठाउँमा उनको निम्ति न्याय माग्दै प्रदर्शन भईरहेको छ ।

दोगडाकेदार गाउँपालिका–७ को जंगलमा मृत फेला परेकी भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको थियो । हाल अनुसन्धानरत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । 

सदाबहार नायिका करिश्मा मानन्धरले फेसबुकमा लेख्की छिन् –‘बलात्कार विकराल सामाजिक समस्या हो र यसलाई समयमा नै समाधान गर्न जरुरी रहेको छ। राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार सबैले मिलेर समाजलाई सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ पाइला चाल्नुपर्यो । समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट हामी चुकिरहेका छौँ, कि ?’

करिश्माको उक्त पोस्ट  अभिनेत्री केकी अधिकारी र ऋचा शर्माले शेयर गरेका छन् ।

यस्तै नायिका नीता ढुंगानाले लेखेकी छन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ? सौन्दर्य शक्ति र शालिनताको अर्को रुप नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी ! नारीलाई अपमान हैन सम्मान गर्न सिकौँ !’

 


कस्तो लाग्यो ?

यो पनि