बैशाख २४, २०८१, सोमबार
               

मनोज गजुरेलसँग विहेको हल्ला चलाउनेलाई वर्षाको यस्तो जवाफ

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले मनोज गजुरेलसँग विवाह गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छिन् ।

केही अनलाइन मिडियाहरुमा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै उक्त समाचार भिजिटर बढाउनका लागि यथार्थभन्दा बाहिर गएर लेखिएको बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले यसखालको गलत समाचारले सही पत्रकारीता गर्नमाथि पनि प्रश्न उठेको उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘पत्रकारितामा गलत ‘न्यारेटिभ सेट’ गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।’

उनले मनोज गजुरेलप्रति आफ्नो सधैँ सम्मान रहेको बताउँदै बाटो अलग–अलग रहेको बताएकी छन् । उनले आफूहरुलाई जोडेर कुप्रचार गर्दा कसैको पनि फाइदा नहुने स्पष्ट पारेकी छिन् ।

यस्तो छ उनको स्टाटस:

‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ । आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधैँ उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला ररु कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो ।’

यो पनि