बैशाख २१, २०८१, शुक्रबार
               

फिल्म नबनेपछि म्युजिक भिडियोको भरमा कलाकार

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कयाैं कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ ।

लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार म्युजिक भिडियोमा छाए ।

त्यसो त राजेश हमालले अभिनय गरेका म्युजिक भिडियो पनि रिलिज भए । चर्चित कलाकारलाई म्युजिक भिडियोमा लिँदा म्युजिक भिडियोको समेत हाइप बढ्ने भएपछि म्युजिक भिडियो निर्माताले पनि कलाकारलाई लिन कुनै अप्ठेरो भएन ।

पछिल्लो समय कलाकार तथा मोडल पल शाहले अभिनय गरेका म्युजिक भिडियो सबैभन्दा बढी रिलिज गरिएका छन् । म्युजिक भिडियोमा महंगो पारिश्रमिक लिने कलाकार पनि उनै हुन् ।

योसँगै नाजिर हुसेन, आकाश श्रेष्ठ, पुष्प खड्का लगायत पनि म्युजिक भिडियोमा जमेका छन् । यस्तै वर्षा शिवाकोटी, आँचल शर्मा, केकी अधिकारी लगायतका चर्चित कलाकारहरु पनि म्युजिक भिडियोमा देखिएका छन् ।

त्यसो त पछिल्लो समय फिल्म निर्माणको घोषणा पनि हुन थालेको छ । केही फिल्मको धमाधम छायांकन भइरहेको छ । यता कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र चलायमान हुन अझै केही समय लाग्ने देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि