जेठ ०२, २०८१, बुधबार
               

५० वटा सर्जरी गराएकी ‘जोम्बी एन्जेलिना जोली’ लाई १० वर्ष जेल

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

इरानकी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तबरमाथि इशनिन्दा, अनुचित साधनमार्फत् पैसा कमाएको र युवालाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लागेको  । 

१९ वर्षीया तबरले एन्जेलिना जोलीजस्तै देखिनका लागि थुप्रै प्लास्टिक सर्जरी गराएकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् । गत अक्टोबरमा उनलाई सोसल मिडियामा आफ्ना गतिविधिका लागि पक्राउ गरिएको थियो । खबरका अनुसार उनका वकिलले उनलाई १० वर्षको सजाय सुनाइएको जानकारी दिएका हुन् । 

तबर प्लास्टिक सर्जरीको माध्यमले आफ्नो अनुहारको तस्बिरको एक सिरिज पोस्ट गरेपछि इन्स्टाग्राममा चर्चित भएकी थिइन् । उनले आफ्नो पूरै स्वरुप परिवर्तन गरिसकेकी छिन् । उनको अनुहार एन्जेलिना जोलीसँग मिल्दोजुल्दो त छ तर निकै डरलाग्दौ देखिन्छ । त्यसैले त उनलाई ‘जम्बी एन्जेलिना जोली’ को संज्ञा दिइएको छ । 

सहर तबरले जोलीजस्तै देखिनका लागि ५० वटा प्लास्टिक सर्जरी गरेको पनि बताइन्छ । यद्यपि, उनको पोस्टका धेरैजसो तस्बिरलाई धेरै नै एडिट पनि गरिन्छ ।

तबर आफूलाई एन्जेलिना जोलीको सबैभन्दा ठूलो प्रशंसक बताउने गर्छिन् । आफ्नो अनुहार र यस्तो प्रकारको प्रयोगलाई उनी एक कला बताउँछिन् । 

 


कस्तो लाग्यो ?

यो पनि