जेठ ०२, २०८१, बुधबार
               

डर्टी पिक्चरकी नायिका मृत फेला

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

बंगाली नायिका आर्या बेनर्जी कोलकातास्थित आफ्नो निवासमा मृत फेला परेकी छिन् । प्रहरीले उको शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ । बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत बलिउड चलचित्रमा काम गरेकी थिइन् ।

प्रहरीले तेस्रो तल्लामा रहेको उनको अपार्टमेन्टको ढोका फोडेर भित्र पस्दा ३३ वर्षीया नायिका मृत फेला परेकी थिइन् । देवदत्त भनेर पनि चिनिने बेनर्जी उनको अपार्टमेन्टमा एक्लै बस्थिन् ।

उनले केही खाना वान्ता गरेर भुइँमा उत्तानो परेर लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जमिनमा रगतका केही थोपा पनि भेटिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि