जेठ ०३, २०८१, बिहीबार
               

कृतिलाई पनि कोरोना संक्रमण

एजेन्सी
मंसिर २३, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री कृति सेननलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

फिल्म सुटिङको क्रममा चण्डीगढबाट हालै फर्किएकी उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।

उनले आफ्नो इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै आफू फिल्म सुटिङ सकेर घर फर्किएको जानकारी दिएकी छन् ।

घर फर्कने क्रममा उनले मुम्बईमा पत्रकारसँग कुरा गर्दै उनले आफूले एक मिनेट पनि मास्क नहटाउने बताएकी थिइन् ।

कृतिभन्दा अघि अभिनेता वरुण धवन र अभिनेत्री नितु कपूरको पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो । 

दुबै राज मेहताको फिल्म ‘जुग–जुग जियो’को लागि सुटिङमा व्यस्त थिए । 


कस्तो लाग्यो ?

यो पनि