जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनालाई जिते कलाकार गजुरेलले, अस्पतालबाट डिस्चार्ज

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका हुन् ।

गजुरेल ११ दिनपछि अस्पतालबाट घर फर्किएका हुन् । उनले आफ्नो फेसबुक पेजमा आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’


कस्तो लाग्यो ?

यो पनि