बैशाख १६, २०८१, आइतबार
               

गौरव र मेनुकाको 'गाउँ घरै रमाइलो' सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको 'गाउँघरै रमाइलो' बोलको गीत सार्वजनिक गरिएको छ । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।

म्युजिक भिडियो 'साइँली'बाट निकै चर्चामा आएका जोडी हुन्, गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिने भएका छन् । 'गाउँघरै रमाइलो' बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् ।

गीत रमेश कार्कीको शब्द रहेको यस गीतमा गायक राईकै संगीत रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।

भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि