बैशाख १६, २०८१, आइतबार
               

गरिमाको लागि पुष्पको युद्ध

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

गायक प्रमोद खरेलको नयाँ गीत 'तिम्रै लागे हो भने' सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत रहेको छ । 

सार्वजनिक गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटकबाट चर्चामा आएकी गरिमा शर्मालाई फिचर गरिएको छ । भिडियोमा गरिमा र पुष्पलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा पुष्पको केही 'एक्सन' दृष्यहरु पनि देख्न सकिन्छ । आफ्नो प्रेमिकाको लागि पुष्प युद्ध गर्न तयार रहेको भिडियोमा देखाइएको छ ।

युवराज वाइवाको निर्देशनमा बनेको भिडियोलाई निशल पौडेलले खिचेका हुन् । भिडियो सम्पादनको काम विकाश दाहालले गरेका छन् । 

गीतको भिडियो गायक  खरेलको आफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

यो पनि