बैशाख १६, २०८१, आइतबार
               

देवेन्द्रको निर्देशन रहेको 'बाँचेको छु धन्न' सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'बाँचेको छु धन्न' बोलको गीतमा शिव सुवेदीको शब्द तथा संगीत रहेको छ ।

‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीले 'बाँचेको छु धन्न' बोलको गीतलाई पनि लोक लयमा तयार गरेका छन् ।

देवेन्द्र बब्लुको निर्देशनमा तयर भएको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको अभिनय रहेको छ । भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ । प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई भिडियोमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । 

अनिल कृष्ण मानन्धरले खिचेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । गीतको भिडियो शिव सुवेदीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि