बैशाख २१, २०८१, शुक्रबार
               

अर्जुनसँगै मलाइकालाई पनि देखियो कोरोना

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

 

मुम्बई ।  भारतीय कलाकार अर्जुन कपूरले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत आइतबार जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा छन् ।

अर्जुनपछि उनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना संक्रमण देखिएको छ ।

मलाइकाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको बताएकी छिन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ, सेल्फ आइसोलेसनमा छु र म स्वस्थ्य रहनेछु,’ उनले सामाजिक सञ्जलमार्फत भनिन् ।

आइतवार अर्जुनले पनि सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको र डाक्टरको सल्लाहमा अलग बसेको बताएका थिए ।

उनले कोरोना भाइरसलाई आफूले छिट्टै जित्ने भन्दै फ्यानलाई धन्यवाद समेत दिएका थिए ।

यसअघि बलिउडका अन्य कलाकारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । अमिताभ बच्चन र उनका परिवारका ३ सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु निको भएर काममा फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि